एफए कपमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ।
आइतबार भएको तेस्रो चरणको खेलमा सिटीले बर्मिङघमलाई ३-० गोलले पराजित गरेको हो।
सिटीको जितमा बेर्नान्डो सिल्भाले २ गोल गरे। उनले खेलको आठौं मिनेटमा पहिलो गोल गर्दा १५ मिनेटमा टिमको अग्रता दोब्बर पारे।
यस्तै फोडेनले ३३ मिनेटमा तेस्रो गोल गर्न सफल भए।
अर्को खेलमा टोटेनहमले मारिनलाई ५-० गोलले हरायो।
टोटेनहमको जितमा कार्लोस भिनिसियसले ह्याट्रिक गरे। उनले १३ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए।
२४ मिनेटमा पहिलो गोल गरेका उनले ३० मिनेटमा दोस्रो गोल गरे। ३७ मिनेटमा भिनिसियसले ह्याट्रिक पूरा गरे।
त्यसअघि लुकास माउराले टोटेनहमका लागि ३२ मिनेटमा गोल गरेका थिए।
टोटेनहमका लागि डेभिनल ६० मिनेटमा पाँचौ गोल गरे।
प्रतियोगिताको अर्को खेलमा मोरक्याम्बलाई ४-० गोलले पराजित गर्यो।
चेल्सीका लागि माउन्टले १८ मिनेट, टिमो वेर्नरले ४४ मिनेट, हुडसन ओडोइले ४९ मिनेट र हभार्ट्जले ८५ मिनेटमा गोल गरेका थिए।