युभेन्ट्सले इटालियन सुपर कपको उपाधि जितेको छ।
युभेन्ट्सले नवौं पटक सुपर कपको उपाधि जितेको हो।
बुधबार राति भएको फाइनल भिडन्तमा युभेन्ट्सले नेपोलीलाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो।
युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले ६४ मिनेटमा पहिलो गोल गरे।
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा अल्भारो मोराटाले युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए।
यससँगै आन्द्रे पिर्लोले प्रशिक्षकको रुपमा पहिलो उपाधि जितेका छन्।
युभेन्ट्सलाई सुपर कपको उपाधि दिलाउन गरेको गोल रोनाल्डोको यो करिअरको ७६०औं गोल हो।
योसँगै रोनाल्डो क्लब फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेको दाबी गरिएको छ।
उनले जोसेप बिकानको रेकर्ड भंग गरेको कतिपय रिपोर्टले दाबी गरेका हुन्।