संकटा क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो।
संकटाले मनाङमाथि १-० को जित हात पार्यो। संकटाका लागि फोफो माले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४३ मिनेटमा गोल गरेका थिए।
मनाङ प्रतियोगिताको साविक विजेता हो भने ६ पटकको च्याम्पियन हो।
प्रतियोगिताअन्तर्गत अब चौथो क्वार्टरफाइलनमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि क्यामरुनी टिम अफ्रिकन रुट्स र एपिएफले अन्तिम चारमा स्थान बनाएका थिए।
अफ्रिकन रुट्सले लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई हराउँदा एपिएफले आयोजक साहरा क्लबलाई पराजित गरेको थियो।
प्रतियोगिताको उपाधि भिडन्त आगामी शनिबार हुनेछ।