एट्लेटिको म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ।
आइतबार राति भएको खेलमा ओसासुनालाई २-१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो।
एट्लेटिकोले खेलमा १-० गोलले पछि पारेको स्थिति उल्टाउँदै जित निकालेको हो।
खेलको ७५ मिनेटमा बुदिमिरले गोल गरेर ओसासुनलाई अग्रता दिलाए।
८२ मिनेमा एट्लेटिकोको लोडि डोस सान्तोले बराबरी गोल फर्काए। खेल सकिन दुई मिनेट बाँकी छदा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए।
अब अन्तिम खेलमा रियल भलडोलिडलाई पराजित गरे एट्लेटिकोले उपाधि जित्नेछ। हार बेहोरे भने दोस्रो स्थानको रियल म्याड्रिडको ढोका खुल्न सक्नेछ।
रियलले आइतबार एथ्लेटिक बिल्बाओलाई १-० गोलले पराजित गर्दै उपाधि जित्ने आसा बाँकी नै राख्यो।
बार्सिलोना भने घरेलु मैदानमा सेल्टा भिगोसँग २-१ ले पराजित गर्यो।
अन्तिम खेलअघि शीर्ष स्थानको एट्लेटिकोको ८३ अंक छ भने दोस्रो स्थानको रियलको ८१ अंक छ। बार्सिलोना ७६ अंक जोड्दै तेस्रो स्थानमा छ। आइतबार हारेसँगै बार्सिलोनाको उपाधि यात्रा सकिएको थियो।