इंग्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ।
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोलकिपर एलिसनले गोल गरेपछि लिभरपुलले वेस्ट ब्रुमलाई २-१ गोलले पराजित गर्यो।
अन्तिम मिनेटमा प्राप्त कर्नरका लागि एलिसन विपक्षीको पोस्टमा आएका थिए।
लिभरपुलका लागि सन् १८९२ पछि गोलकिपरले निर्णायक गोल गरेका हुन्।
त्यसअघि खेलको १५ मिनेटमा रोब्सन कानुले गोल गरेर बेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए। ३३ मिनेटमा लिभरपुलका मोहमद सलाहले बराबरी गोल फर्काए।
जितसँगै लिभरपुलको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवितै बनेको छ। पाँचौ स्थानको लिभरपुलको अन्तिम दुई खेलअघि ६३ अंक छ।
चौथो स्थानको चेल्सीको ६४ अंक छ भने तेस्रो स्थानको लेस्टर सिटीको ६६ अंक छ। यी दुई टिमबीच आगामी लिग खेलमा प्रतिस्पर्धा हुनेछ। जसको फाइदा लिभरपुललाई हुँदैछ।