युरो २०२० को एक सातअघि स्पेनका कप्तान सर्जियो बुस्केटलाई कोरोना भाइरसको संक्रमण भएको छ।
बार्सिलोनाका मिडफिल्डर बुस्केटलाई कोरोना भएपछि आगामी मंगलबार लुथानियाविरुद्धको मैत्रीपूर्ण खेल स्पेनले नखेल्ने भएको छ।
बुस्केटबाहेक टिमका अन्य सदस्यलाई भने कोरोना नेगेटिभ देखिएको छ। कोरोना देखिएपछि बुस्केट आइसोलेसनमा बसेका छन्।
अब स्पेनको यु-२१ टिमले लुथानियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ।
युरो २०२० मा स्पेन समूह 'ई' मा छ। यो समूहमा स्विडेन, पोल्यान्ड र स्लोभाकिया छन्।
स्पेनले पहिलो खेल जुन १४ मा स्विडेनसँग खेल्नेछ।