युरो २०२० टिम अफ दि टुर्नामेन्टमा इटालीका पाँच खेलाडी समावेश भएका छन्। युइएफएले मंगलबार घोषणा गरेको टिममा इंग्ल्यान्डका तीन खेलाडी परेका छन्।
आइतबार राति भएको उपाधि भिडन्तमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो।
स्पेन, डेनमार्क र बेल्जियमका एक-एक खेलाडी पनि टिम भित्र अटाउन सफल भएका छन्।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो भने टिममा परेनन्। रोनाल्डोले युरो २०२० मा पाँच गोल र एक एसिस्ट गरेका थिए।
यता पाँच गोल नै गरेका चेकका प्याट्रिक शिक पनि टिममा छैनन्।
युरो टिम अफ दि टुर्नामेन्ट
गोलकिपर : डोन्नरूम्मा (इटाली)
डिफेन्डर : केल वाकर (इंग्ल्यान्ड), लियोनार्दो बोनुची (इटाली), ह्यारी माग्युर (इंग्ल्यान्ड), लियोनार्दो स्पिनाजोला (इटाली)
मिडफिल्डर : पियरे-एमिल होयबर्ग (डेनमार्क), जोर्गिन्हो (इटाली), पेड्री (स्पेन)
फरवार्ड : फेडेरिको चिएसा (इटाली), रोमेलु लुकाकु (बेल्जियम), रहिम स्टर्लिङ (इंग्ल्यान्ड)