युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एच’ को खेलमा इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब चेल्सी विजयी भएका छन्।
युभेन्ट्सले लगातार तेस्रो जित निकाल्ने क्रममा जेनिथ सेन्ट पिटर्सवरगलाई १-० गोलले हरायो।
युभेन्ट्सको जितमा कुलुसेभ्सीले खेल सकिन चार मिनेट बाँकी छदा निर्णायक गोल गरेका थिए।
यता चेल्सीले माल्मोलाई ४-० गोलले हरायो। चेल्सीको जितमा क्रिस्टिन्सनले नवौं मिनेटमा पहिलो गोल गरे।
जोर्गिन्होले २१ र ५७ मिनेटमा गोल गरेका थिए। दुवै गोल उनले पेनाल्टीबाट गोल गरेका थिए।
हाभार्ट्जले ४८ मिनेटमा चेल्सीका लागि अर्को गोल गरेका थिए।
समूहको अंक तालिकामा युभेन्ट्स ९ अंकसहित शीर्ष स्थानमा छ।
दोस्रो स्थानको चेल्सीको ६ अंक भने तेस्रो स्थानको जेनिथले ३ अंक जोडेको छ। पुछारको माल्मोले अंक जोड्न सकेको छैन।