लक्ष्मी बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
मंगलबारको सभाले बैंकको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।
साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।
आ.व २०७६/७७ मा १००.७६ अर्ब निक्षेप र ८९.८९ अर्ब रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १२८ अर्ब रुपैयाँ रहेको छ।
सो आ.वमा बैंकले १ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।