कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विद्युतिय भुक्तानी प्रणालीहरूका लागि एनसिएचएलसँग आवद्ध भएको छ।
उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरे।
एनसिएचल–आइपिएस प्रणाली मार्फत् बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन्।
कनेक्टआरटिजिएस प्रणालीमार्फत् ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन्।