ग्लोबल आइएमई बैंकको मुद्दती खातामा जम्मा गर्दा उच्चतम् ८.०१ प्रतिशतसम्म ब्याज पाइने भएको छ।
असार १ गतेदेखि लागू हुनेगरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार एक वर्ष वा सोभन्दा माथिको मुद्दती खातामा ग्राहकहरुलाई उक्त ब्याजदर उपलब्ध गराउने बताइएको हो।
साथै, बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ प्रयोग गरेर घरबाट नै मुद्दती खाता खोल्न सकिनेछ।
बैंकले ग्राहकहरूलाई निक्षेपमा उच्चतम् प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको दाबी गरेको छ।
यो बैंकको ७ वटै प्रदेशमा २७३ शाखा, २४७ एटिएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छ।