ग्लोबल आइएमई बैंक लिमिटेडले डुवानमा परेको नवलपरासी बर्दघाट सुस्ता पश्चिमका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको छ।
बाढीबाट घरबार बिहीन भएकाहरुको जीवनयापन सहज बनाउन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामग्री वितरण गरेको हो।
बैंकले विपतबाट प्रभावित जिल्लाको सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १ सय ३५ घरपरिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर सामग्री वितरण गरेको हो।
बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा सामग्रीहरु वितरण गरिएको बताएको छ।