महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ।
सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन्
सम्झौता अनुसार बैंकका ग्राहक वा सर्वसाधारणले आफूले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन्।
सम्झौता अनुसार सेवाग्राहीले मासिक ५०० सय रुपैयाँ सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन भने ५०१ रुपैयाँ भन्दा माथी ५ लाखसम्मको महशुल भुक्तानीमा ५ रुपैयाँ मात्र सेवा शुल्क भुक्तानी गर्नु पर्ने बैंकले जानकारी दिएको छ।
महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महशुल संकलन सम्बन्धी सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महशुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ।