गतिशिल बैंकिङको अभ्यास गर्दै समयअनुरुप ग्राहक-मैत्री आकर्षक योजनाहरू ल्याइरहेको एनआइसी एशिया बैंकले नयाँ योजना ल्याएको छ।
ग्राहकहरूलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टर बीच समझदारी भएको छ।
सो सम्बन्धी समझदारी पत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन्।
समझदारी अनुसार बैंकका ग्राहकहरूले सेवा लिएबापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो।
बैंकका ग्राहकहरूले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास-प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरू तथा सेन्टरबाट हेमाटोलोजी, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, इम्युनो अस्से, साइटोप्याथोलोजी, एफएनएसी, अटो इम्युन प्यानल, फ्लो साइटोमेट्री, किड्नी स्टोन एनलाइसिस, परिक्षणहरू गर्न सक्ने व्यवस्था छ।
बैंकले हाल ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दैछ।