एनएमबि बैंक २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको प्रमुख लगानीकर्ता भएको छ।
यो आयोजना प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा निर्माण भइरहेको छ। यस आयोजनामा बैंक अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सेञ्चुरी बैंक छ।
२१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत चार अर्ब २८ करोड ५० लाख रुपैयाँ छ। जसमध्ये बैकहरुको ऋण लगानी तीन अर्ब २१ करोड ३० लाख रुपैयाँ रहनेछ। यो आयोजनासमेत गरी एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।