२०७२ असारमा राष्ट्र बैंकले बैंकहरूको संख्या घटाउने भन्दै बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी आठ गुणाले बढाएको थियो।
सो समय राष्ट्र बैंकका अधिकारीहरू वाणिज्य बैंकहरूको संख्या १० देखि १५ भए पुग्ने भएकोले पनि यो पुँजी वृद्धिको नीति लिएको जिकिर गर्थे।
राष्ट्र बैंक आफैं लचिलो भएर मर्जरको विकल्पमा बोनस तथा हकप्रद सेयरबाट पनि चुक्ता पुँजी वृद्धि गर्न सक्ने व्यवस्थामा गयो।
सञ्चालकहरूले पनि वाणिज्य बैंकहरू एकआपसमा सकभर मर्जर नगर्ने बरू साना विकास बैंक र वित्त कम्पनी मर्जर गर्ने नीति लिए।
अहिले आएर भने बल्ल वाणिज्य बैंकहरू समेत एकआपसमा मर्जरमा व्यापक रूपमा लागेका छन्।
यो साता मात्रै तीन जोडी वाणिज्य बैंकहरू मर्जर तथा एक्विजिसन (प्राप्ती) मा गएर एकीकृत कारोबार नै सुरू गरेका भने थप दुई जोडी यो प्रक्रियामा छन्।
यही कारण कुनै समय ३२ वटासम्म वाणिज्य बैंक रहेकामा हाल आएर यो संख्या २२ वटामा झरेको छ।
त्यस्तै अहिले प्रक्रियामा रहेकाहरू समेतको मर्जरपछि यो संख्या २० मा झर्दैछ। सनराइज बैंक र लक्ष्मी बैंक, हिमालयन बैंक र सिभिल बैंक मर्जर प्रक्रियामा छन्।
राष्ट्र बैंकले पछिल्लो केही वर्षयता मर्जर तथा एक्विजिसनमा जाने बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न नीतिगत छुट समेत दिएको छ।
यस्ता नीतिगत छुट २०८० असारपछि भने नपाइने भएकोले पनि वाणिज्य बैंकहरू पनि हाल मर्जरमा आक्रामक भएका हुन्। त्यसबाहेक चुक्ता पुँजी वृद्धिको क्रममा पुँजी वृद्धि मात्रै भएको तर व्यवसायको आकार र प्रतिफलमा वृद्धि नभएपछि पनि बैंकहरू मर्जरमा आकर्षित भएका हुन्।
मर्जरपछि चुक्ता पुँजी वृद्धि भएपनि सँगसँगै व्यवसायको दायरा समेत बढ्ने विश्लेषण बैंकरहरूको छ।
राष्ट्र बैंकले २०६८ सालबाट मर्जर तथा एक्विजिशनको नीति ल्याएको हो।
यो नीति आएयता मात्रै कुल एक सय ४१ वटा बैंक तथा वित्तीय संस्था घटेका छन्। यो नीति आउँदा कुल एक सय ९७ बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक) रहेकोमा कात्तिकसम्ममा ६० वटा मात्रै संस्था बाँकी छन्।
विकास बैंकको संख्या भने ७१ ले घटेर १७ मा र वित्त कम्पनीको संख्या ६० ले घटेर १७ मा सीमित भएको छ। मर्जर नीति यता बैंकिङ क्षेत्रको आकार पनि निकै ठूलो भइसकेको छ। २०६८ असारमा कुल १२ खर्ब ५२ अर्ब रूपैयाँ सम्पत्ति रहेको यो क्षेत्रको हाल सम्पत्ति ६७ खर्ब ५९ अर्ब रूपैयाँ पुगेको छ।
यस्तो कुल सम्पत्तिमा वाणिज्य बैंकको हिस्सा समेत ७८ प्रतिशतबाट बढेर ८८ प्रतिशत पुगेको छ।
वाणिज्य बैंकको मात्रै कुल सम्पत्ति नौ खर्ब ७० अर्ब रूपैयाँ रहेकोमा हाल ५९ खर्ब ८८ अर्ब रूपैयाँ पुगेको हो।
यो अवधिमा समग्र क्षेत्रको चुक्ता पुँजी एक खर्ब रूपैयाँबाट बढेर चार खर्ब रूपैयाँ पुगेको छ।
वाणिज्य बैंकको मात्रै चुक्ता पुँजी भने ६८ अर्बबाट बढेर तीन खर्ब ५६ अर्ब पुगेको छ।
विवरण
|
कात्तिक २०७९
|
असार २०६८
|
कमर्सियल बैंक संख्या
|
@^
|
#@
|
विकास बैंक संख्या
|
!&
|
**
|
वित्त कम्पनी संख्या
|
!&
|
&&
|
कुल संख्या
|
^)
|
!(&
|
कुल चुक्ता पुँजी रू. दस लाखमा
|
$)&())
|
!)&%$*
|
कुल निक्षेप रू. दस लाखमा
|
%!*@%$*
|
(*@$!^
|
कुल कर्जा रू. दस लाखमा
|
$&*#$@&
|
&%))**
|
कुल शाखा संख्या
|
^$**
|
@#%!
|
कुल सम्पत्ति रू. दस लाखमा
|
^&%(#!*
|
!@%@$)!
|
वाणिज्य बैंकको चुक्ता पुँजी रू. दस लाखमा
|
#%^)(%
|
^*$!^
|
वाणिज्य बैंकको निक्षेप रू. दस लाखमा
|
$%%())(
|
&(@^#^
|
वाणिज्य बैंकको कर्जा रू. दस लाखमा
|
$@###@&
|
%*!$$!
|
वाणिज्य बैंकको शाखा संख्या
|
%)()
|
!#%^
|
वाणिज्य बैंकको कुल सम्पत्ति रू. दस लाखमा
|
%(**!@*
|
(&(%@%
|