मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नप्से १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ।
आइतबार १० अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार नौ अर्ब ६३ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५७ करोड रूपैयाँ कमी आएको हो।
आज ३१४ वटा धितोपत्रको दुई करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ वटाको घटेको छ। यस्तै, एउटा कम्पनी स्थिर रहेको छ।
यसदिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः दुई हजार २३४ रूपैयाँ ८० पैसा र ५२५ रूपैयाँ ९० पैसा पुगेको छ।
गुराँस लघुवित्तको मूल्य सर्वाधिक ७.९३ प्रतिशतले घटेर प्रतिकित्ता दुई हजार ८२३ रूपैयाँ ६० पैसामा झरेको छ।
यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ६.३९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार तीन सय रूपैयाँ ५० पैसा कायम भएको छ।
मंगलबार युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ४३८ रूपैयाँ ७० पैसामा ६७ करोड २० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.५५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३८२ रूपैयाँ १० पैसामा ५२ करोड ९० लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशतले बढेको छ।
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशतले घटेको छ।