नेपाली कांग्रेस रूपान्तरण अभियानले काठमाडौंमा भेला गरेको छ।
मंगलबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अभियानले बागमती प्रदेशस्तरीय भेला गरेको हो।
भेलामा केन्द्रीय सदस्य मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, गणेश लामा, नेताहरू भूपेन्द्रजंग शाही, गुरूराज घिमिरे, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसीलगायत छन्।
रूपान्तरण अभियानले प्रदेश भेलामा पार्टीका पदाधिकारीलाई खबरसमेत गरेका छैनन्। नेतृत्वमा बसेकाहरूकै कार्यशैली सुधार गर्नुपर्ने दबाब दिन अभियानले प्रदेश भेलाहरू आयोजना गरिरहेको छ।
उनीहरूले गुट केन्द्रित राजनीतिको अन्त्य हुनुपर्नेमा पनि जोड दिएका छन्। भेलामा बोल्दै नेता जगदीश्वरनरसिंह केसीले पार्टीलाई सुधार गरेर जानुपर्ने बताए।
‘एकताबद्ध भएर सबै पार्टी रूपान्तरण अभियानमा लाग्नुपर्छ,’ उनले भने।
तस्बिरहरू:






