उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले कुनै पनि आयोजनाका काममा हुने ढिलाइ स्वीकार्य नहुने बताएका छन्।
आयोजनामा समस्या भए समाधान गर्न मन्त्रालयले समन्वय गर्ने बताएका मन्त्री सिंहले समयबद्ध काममा जोड दिएका हुन्।
‘कुनै पनि बहना चल्दैन। जनताले डेलिभरी चाहेका छन्। हामीले डेलिभरी दिनैपर्छ। काममा कहाँ कहाँ समस्या छ, समाधानका लागि मन्त्रालयकाे तहबाट गर्ने समन्वय हुन्छ,´ उनले भने।
मन्त्रालयको समीक्षा बैठकमा उपप्रधानमन्त्री सिंहले विभाग प्रमुखहरूलाई ३ दिनभित्र कामकाे गति बढाउन लिखित कार्ययाेजनासहित आउन मन्त्री सिंहले गत शुक्रबार आग्रह गरेका थिए।
त्यसअनुसार आइतबार विभागिय प्रमुखहरूले आफ्नाे कार्यालयले प्राप्त गरेकाे उपलब्धि र चालु कामबारे जानकारी गराएको मन्त्री सिंहको सचिवालयले जनाएको छ।
उपप्रधानमन्त्री सिंहले कुरा गरेअनुसार परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको बताए।