प्रभु बैंकले डढेलधुराको नवदुर्गा गाउँपालिकामा शाखा कार्यालय संचालनमा ल्याएको छ।
संघीय संरचना बमोजिम सबै स्थानीय तहमा बैंकहरुले शाखा कार्यालय सञ्चालनमा ल्याउने उद्देश्यले सो शाखा खोलिएको बैंकले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले नवदुर्गा शाखा कार्यालयको उद्घाटन गरे। सो क्रममा डढेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, व्यापारी लगायतको उपस्थिति थियो।