नाफामा सामान्य वृद्धि गरेको नविल बैंकको प्रतिसेयर आम्दानी खस्किएको छ। बैंकले तेस्रो त्रैमासमा ३ अर्ब १९ करोड खुद नाफा कमाएको छ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये यो नाफा अन्यको भन्दा उच्च हो। गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब ९ करोड खुद नाफा कमाएको थियो।
गत आर्थिक वर्षको नाफाबाट बैंकले १२ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो। जुन दरमा सेयर संख्या बढ्न गयो सो अनुपातमा नाफा नबढ्दा प्रतिसेयर आम्दानी खस्किएको हो।
बैंकको नाफाको वृद्धिदर सुस्त भएपछि प्रतिसेयर आम्दानी खस्किएको छ। गत वर्ष यस अवधिमा ५१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले ४७ रुपैयाँमा झरेको छ।
चैत मसान्तसम्म बैंकले १ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको छ। सोही अवधिसम्म निक्षेप संकलन १ खर्ब ५३ अर्ब पुगेको छ। निश्क्रिय कर्जा घटाउन बैंक सफल भएको छ। गत वर्ष १. ०७ प्रतिशत रहेको यस्तो कर्जा अहिले ०. ६४ कायम भएको छ। बैंकको आधार दर ७. ९९ प्रतिशत छ।