इन्भेष्टमेन्ट बैंकले आफ्नो चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ।
्तेस्रो तैमासिसमा बैंकको ९.६१ प्रतिशत खुद नाफा घटेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा २ अर्व ८३ करोड रहेकोमा चालु आर्थिक वर्षमा २ अर्व रुपैयाँ ५६ करोड रुपैयाँमा झरेको छ। बैंंकको नाफा घट्नुको कारण निश्कृय कर्जा बढ्नु हो। निश्कृय कर्जा बढ्दा सो को ब्यवस्थापन बाफत बैंकले ठूलो रकम छुट्याउनु परेको छ।
बैंकको कर्जा रकम ४.८२ प्रतिशतले बढ्दा निक्षेप रकम ३.९९ प्रतिशतले बढेको छ।बैंकको कुल ब्याज आम्दानी १९.२६ प्रतिशतले बढेको छ।
गत वर्षको यही अवधीमा बैंकको कुल ब्याज आम्दानी ४ अर्व ११ करोड रुपैयाँ रहेकोमा यस आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ४ अर्व ९१ करोड रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पुँजी १२ अर्व ५८ करोड रुपैयाँ रहँदा जगेडा कोषमा १२ अर्व ४८ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको निश्कृय कर्जा ३.०४ प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफा १ अर्व ४३ करोड रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी २७.१७ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात २०.२१ रहेको छ। बैंकको प्रतिशेयर सम्पत्ति मूल्य १९. २० रुपैयाँ रहेको छ।