नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्व पट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत स्थानीय जनतालाई सहज वित्तीय सेवा पुग्ने बैंकको दावी छ।
यस काउन्टरको उद्घाटन समारोहमा बैंकका कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, बूढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीयको सहभागिता थियो।
साथै इन्भेष्टमेण्ट बैंकले खाँदबारी स्थित शाखालाई सोही ठाउँको खाँदबारी १, प्रगतिटोल, संखुवासभामा स्थानतरण गरेको छ। हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ।
सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा संचालनमा छन्।