शेयर बजारको परिसूचक नेप्से ४ अंकले बढेको छ। सो अंक बढेसंगै नेप्से १३१२ अंकमा कायम भएको छ।
‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ०.११ अंकले बढेको छ। आज १७३ कम्पनीको ३१ लाख २ हजार २ सय ८४ कित्ता शेयर ८१ करोड ४४ लाख ५२ हजार २ सय ६७ रुपैयाँमा कारोबार भएको छ।
आज कारोबार भएका १२ उपसमूह मध्ये ९ उपसमूह बढेका छन् भने ३ उपसमूह घटेका छन्। बैंकिङ ०.०८, ब्यापार २.७, होटेल्स २.५८, बिकास बैंक २.४४, हाइड्रोपावर ६४.६, फाइनान्स १०.५१, निर्जिवन बीमा २८.०६, जीवन बीमा ४२, सामूहिक कोष ०.०५ अंकले बढेका छन् भने उत्पादन ३३.३४, अन्य १.१६, माइक्रोफाइनान्स ३.०५ अंकले घटेको उत्पादन ३३.३४, अन्य १.१६, माइक्रोफाइनान्स ३.०५ अंकले घटेका छन्।
आज सबै भन्दा बढी कारोबार नेपाल बैंक(८ करोड), शिभम सिमेन्ट(६ करोड), बुटवल पावर कम्पनी(५ करोड)रुपैयाँको कारोबार भएको छ।
आज सबै भन्दा बढी नाफा कमाउनेमा मल्टिपपर्स फाइनान्स, अपर तामाकोशी, कर्पोरेट बिकास बैंक, रिलायन्स फाइनान्स, सपोर्ट माइक्रो फाइनान्स, रिद्धि बिद्युत कम्पनी, सेन्ट्रल फाइनान्सका लगानीकर्ता रहे।
सबै भन्दा बढी गुमाउनेमा सुमित लघुवित्त, सिन्धु बिकास बैंक, गलम्दी हाइड्रोपावर, एनआइबिएल प्रगति फन्ड, प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता रहे।