अब जलविद्युत कम्पनीहरुले विद्युत नियमन आयोगको अनुमतिपछि मात्रै सेयर निश्कासन गर्न पाउने भएका छन्। सरकारले विद्युत नियमन आयोग ऐन र नियमावली कार्यान्वयनमा ल्याइसकेको जनाउँदै धितोपत्र बोर्डले यस्तो निर्देशन दिएको हो।
सेयर निश्कासनमा मात्रै नभई विद्युत उत्पादन, प्रशारण, वितरण, वा व्यापारको काम गर्न अनुमतिप्राप्त कम्पनी वा संस्थाले विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने भएको छ।
उक्त आयोगले जेठ ५ मा बोर्डलाई पत्र पठाई जलविद्युत कम्पनीहरुको सार्वजनिक निश्कासन बोर्डले हेर्नुअघि आयोगले हेर्ने जनाएको हो। यसले जलविद्युत कम्पनीहरुको सही रुपमा नियमन भई धितोपत्र बजारप्रति विश्वसनियता बढ्ने बोर्डको दावी छ।