रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक वर्ग र रिलायन्स साथी (अभिकर्ता) मा थप सेवा २४सै घण्टा ३६५ दिन प्रदान गर्नका लागि सम्पर्क केन्द्र संचालनमा ल्याएको छ ।
यस सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनी तथा कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी (अभिकर्ता) ले सल्लाह, सुझाव र गुनासा आदि ४७८७२२४ मा फोन वा कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर,वेबसाइट, इमेल वा मोबाइल एप मार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन् ।
नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक प्रदान गरिएको यो सेवाले समस्त बीमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनिय योगदान प्रदान गर्ने कम्पनीले बिश्वास लिएको छ ।