प्रभु बैंक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालबीच सम्झौता भएको छ।
अस्पताल र बैंकबीच भएको सम्झौता अनुसार अस्पताल परिसरमा प्रभुको बैंकिङ्ग सेवा सहित २४ घण्टा क्यास काउण्टर सञ्चालनमा आएको छ।
बीर अस्पतालका उपकुलपति प्राडा देवनारायण साहले क्यास काउण्टरको उद्घाटन गरे। उपचारको लागि आउनेले बीर अस्पतालमा चौबीसै घण्टा जुनसुकै रकम क्यास काउण्टरमा जम्मा गर्नसक्नेछन्।