कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कल्याण–उन्मुख ‘साथ’ नामक गैरसरकारी संस्थालाई नगद एक लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरीले बैंकको प्रमुख कार्यालय परिसरमा एक समारोहबीच साथका परियोजना संयोजकलाई उक्त चेक हस्तान्तरण गरे।
संस्थाले ‘हकुना मटाटा’ परियोजना अन्तर्गत विगत ७ वर्षदेखि सीमान्तकृत परिवारका बालबालिकाको आधारभूत शिक्षा र क्षमता निर्माणमा सहयोग पुर्याउँदै आएको छ। साथै यसले बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिँदै आएको छ।
संस्थाका प्रशंसनीय कार्यलाई प्रोत्साहन दिने उद्देश्यका साथ सहयोग गरिएको बैंकले जनाएको छ। बैंकका देशभर १०७ शाखा, ९३ एटिएम, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ इकाई संचालनमा छन्।