नयाँ नेपाल लघुवित्तले २१ प्रतिशत लाभांष दिने घोषणा गरेको छ।
बुधबार बसेको संचालनक समितिको २ सय ५९ औं बैठकले उक्त लाभांस दिने निर्णय गरेको हो।
संस्थाले गत वर्षको संचित मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बराबर हुन आउने १ करोड ६८ लाख वोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि १.०५ प्रतिशत बराबरको ८ लाख चौरासी हजार रुपैयाँ शेयरधनीहरुलाई उपलब्ध गराउने निर्णय गरेको हो।
अहिले संस्थाको चुक्ता पूँजी ८ करोड ४० लाख छ।
संचालनक समितिको बैंठकले गरेको निणय राष्ट्र बैंकबाट पारित भई आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयर लगानीकर्तो पाउने संस्थाले जनाएको छ।