लगानीकर्ता एनएमबी बैंकमा झुम्मिदा एकै दिनमा बैंकको ११ करोडभन्दा बढीको कारोबार भएको छ।
एनएमबीको करोबार बढेसँगै लामो समय पछि कारोबार रकम पनि बढेको छ। दिनभरिमा ३७ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको करोबार भएको थियो।
लामो समय घटिरहेको कारोबार आज भने सुधार आएको छ।
कारोबार रकममा सुधार आएपनि नेप्से सूचक भने बढ्न सकेन।
आज ६.०५ अंकले घटेर ११३१.९७ अंकमा पुग्यो। बजार खुलेसँगै बजार बढ्न थालेपनि त्यसपछि दिनभरिनै बजार घट्यो।
आज उपसूचक पनि घटेको छ। टेडिङ १९, निर्जीवन बीमा १२.१४ तथा म्युचुअल फन्ड ०.०४ अंकले बढ्दा बाँकी सबै उपसूचक ओरालो लागे।
सबैभन्दा बढी जीवन बीमाको शेयर ४०.१२ अंकले घटेको छ भने होटल समूह २६.२८ अंकले घटेको छ।