ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको ब्यास नगरपालिकामा रहेको कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ।
बिहिबार बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्तराज रेग्मीले कुर्लुङ्ग प्राथमिक
विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई उक्त कम्प्युटर र प्रिन्टर प्रदान गरेका हुन्।
ग्लोबल आइएमई बैंकले विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको बतायो।