प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सव कार्यक्रम देशका सातै प्रदेशमा सम्पन्न गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष स्वच्छ वातावरण तथा सरसफाई अभियानलाई प्राथमिकता दिएको छ।
प्रदेश नं. ३ अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई अस्पताल परिसरमा फोहर व्यवस्थापनका लागि गार्बेज बिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले हस्तान्तरण गरे।
प्रदेश नं. १, २, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयले आफ्नो क्षेत्रका सार्वजनिक स्थलमा सरसफाई गरी सरकारी अस्पतालमा गार्बेज बिनहरु उपलब्ध गराएको छ।
गत वर्ष यसैगरी कम्पनीले सातै प्रदेशका विभिन्न सरकारी विद्यालयका विद्यार्थीलाई पोशाक स्वेटर वितरण गरेको थियो ।