एन आइसी एशिया बैंकले होली पर्वको अवसरमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि विशेष योजना अघि सारेको छ।
यस योजनाअन्तर्गत आउँदो सोमबार र मंगलबार कारोबार गर्दा २०० जाना ग्राहकले १०० प्रतिशत वा अधिकतम ५ हजारसम्म नगद फिर्ता प्राप्त गर्नसक्ने छन्।
प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखी शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० रुपैयाँ सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा हजार रुपैयाँसम्म छुट पाइन्छ।
प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार डराज डट कमबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५ सयसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजारसम्म छुट लगायतका अफरहरू बैंकले संचालन गरिरहेको छ।
यस बैकको मोबाइल बैंकिङ सेवाबाट रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ।
यससँगै ग्राहकले मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २ हजार रुपैयाँ भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट पाउँछन्।
बैंकलेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत अधिकतम कारोबार गर्ने ३ ग्राहकले प्रत्येक हप्ता ५ सय तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले हजारसम्मको नगद उपहार पाउँदै आएका छन्।
यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउन्टर एवं ५७ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा दिदैं आएको छ।