आगामी आइतबारदेखि दैनिक ५ घण्टा सेयर कारोबार हुने भएको छ।
हालसम्म दैनिक ४ घण्टा कारोबार हुँदै आएकोमा आइतबारदेखि बन्द हुने समय १ घण्टा पछाडि धकेलिने भएको छ।
एक सूचना जारी गर्दै नेप्सेले आइतबारबाट बोलकबोल र निरन्तर कारोबार ११ बजेदेखि ४ बजेसम्म हुने जनाएको छ।
हाल ११ बजेदेखि ३ बजेसम्म हुँदै आएको छ। प्रारम्भिक कारोबार समय १०ः ३० देखि ११ बजेसम्मलाई यथावत राखिएको छ।
सार्वजनिक बिदाबाहेक आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुने गरेको छ।