एनआइसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवामा २० प्रतिशत छुट पाउने भएका छन्।
आइतबार एक कार्यक्रमकाबीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र हस्ताक्षर गरे।
साथै बैंकका कर्मचारीलाई पनि सो योजनाअनुसारको छुट उपलब्ध हुनेछ। समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुने बैंकले बताएको छ।
यसैगरी ग्राहकले देशभरका २ हजार चार सय भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट पाउने बताइएको छ।
एनआइसी एसिया बैंकले हाल ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६० वटा शाखाबाट सेवा दिदैं आएको छ।