नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई सनराइज बैंकले व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ ६५ थान सहयोग गरेको छ।
यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आइजिपी ठाकुर प्रसाद ज्ञावालीलाई पिपिइ दिएका हुन्।