मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि १ र २ नम्बर प्रदेशलाई ५/५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त रकमको चेक दिएको बताएको छ।
मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाको चेक दिए।
यसैगरी, मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ५ लाख रुपैंयाको चेक दिए।
मेगा बैंक सञ्चालक समितिको निर्णयअनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम दिइएको हो।
मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।