मुक्तिनाथ विकास बैंकले सल्यानको त्रिवेणी गाउँपालिका, लुहाममा राहत सामग्री सहयोग गरेको छ।
उक्त राहत सामग्री बैंकको लुहाम शाखाका शाखा प्रमुख सुदिन सिंहले त्रिवेणी गाउँपालिकाका प्रमुख मान बहादुर डाँगीलाई प्रदान गरे।
यसैगरी, बैंकले श्रीनगरको क्षत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकामा पनि राहत सामाग्री सहयोग गरेको छ।
बैंकको श्रीनगर शाखाका शाखा प्रमुख सुनिल रेग्मीले क्षत्रेश्वरी गाउँपालिकाका प्रमुख सन्तोष के.सी. र शारदा नगरपालिका उप–प्रमुख सावित्रा बस्नेतलाई राहत सामाग्री दिए।
साथै, बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिका – ०५ मा पनि राहत सामाग्री सहयोग गरेको छ। सहयोग सामाग्री बैंकका विरेन्द्रनगर शाखाका
शाखा प्रमुख खगेन्द्र मल्लले विरेन्द्रनगर नगरपालिकाका प्रमुख राज बहादुर गुरुङ्गलाई दिए।
बैंकले काठमाडौंको टोखा नगरपालिका –०६, धापासीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ। उक्त खाद्यान्न सामाग्री बैंकका बजारीकरण
विभाग प्रमुख बसन्त बक्सीले टोखा नगरपालिका – ०६, का वडा प्रमुख महेश्वर केसीलाई दिए।
बैंकले सहयोग गरेको राहत सामाग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुनलगायतका सामाग्री हुन्।
लकडाउनको समयमा विपन्न परिवारलाई सक्दो सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले बताए।