सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, महेन्द्रनगर शाखाले बीमा दावी वापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनीले कंचनपुर, बेदकोट नगरपालिका वडा न. ३ निवासी बीमित स्व. मोहन चौधरीकी श्रीमति सरिता चौधरीलाई इ–बैंकिङ सेवा प्रयोग गरी सिधैँ उनको बैंक खातामा पठाएको हो।
सो रकम लकडाउनका कारण कुनैपनी दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले त्यसमार्फत पठाएको कम्पनीले बताएको छ।
बीमितले २२ महिना अघि मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा २ लाखको बीमा गरेका थिए। साथै अहिलेसम्म जम्मा २ किस्ता गरी ३२ हजार ४ सय ९० रकम कम्पनी लाई बुझाएका थिए।
बीमितको मोटरसाईकल दुर्घटनाका कारण यही जेठ ५ गते निधन भएको थियो।
सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका र बच्चाको उच्च शिक्षा लगायतमा सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए।