सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपलब्ध गराएको छ।
यो महामारीको समयमा कला तथा सङ्गित क्षेत्रमा रहेका विभिन्न व्यक्तिहरुलाई केही राहत होस् भन्ने उद्देश्यले बैंकले यस्तो सहयोग गरेको हो।
सेञ्चुरी कमर्सियल बैंकले मानविय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तगर्त विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बताएको छ।