ग्लोबल आइएमइ बैंकले दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ।
बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा उक्त सेवा सञ्चालनमा ल्याएको हो। यससँगै बैंकको यो सेवा संख्या २२२ पुगेको छ।
बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं. ४ थाडमा खोलिएको यो सेवाको प्रतिनिधिमा स्थानीय प्रेम सिंह महरा नियुक्त भएका छन्।
संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. १० खराङमा सुरु गरिएको बैंकिङ्ग सेवाको प्रतिनिधिमा स्थानीय ललित बहादुर कटुवाललाई नियुक्त गरिएको छ।
यसबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले बैंकिङ्ग सेवा लिनसक्ने बैंकले बताएको छ।
ग्लोबल आइएमई बैंकले २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउन्टर, २२२ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत सेवा दिदैं आएको छ।