गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले नयाँ एक्स्टेसन काउन्टर संचालनमा ल्याएको छ। बुधबार गण्डकी मेडिकल कलेजका प्राध्यापक डा. रबिन्द्र श्रेष्ठले उक्त एक्स्टेन्सन काउन्टरको उद्धघाटन गरे।
यो काउन्टरबाट विहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म खुला हुनेछ।
गण्डकी मेडिकल कलेजमा आउने सबै ग्राहकलाई बैंकिङ्ग सेवा दिइने बताइएको छ।
प्रभु बैंकको हाल २०८ वटा शाखा कार्यालय, १९२ वटा एटिएम, ५३ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा छन्।