मंगलबार सेयर बजारको परिसूचक नेप्से १२. ४७ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक १ हजार ५८२ अंकमा कायम भएको छ।
यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो दिन कारोबार रकम १ अर्बमुनि खुम्चिएकोमा यस दिन १ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन सबै समूहहरु बढेका छन्। बैंकिङ ७, ब्यापार ५, होटल १५, विकास बैंक १९, जलविद्युत २६, फाइनान्स ३, निर्जीवन बीमा ५३, उत्पादन २४, अन्य ११, माइक्रोफाइनान्स १५ तथा जीवन बीमा समूह ७३ अंकले बढेका छन्।
यस दिन अरुण काबेलीको सबैभन्दा धेरै ८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै अपि पावरको ७ करोड ६५ लाख रुपैयाँ तथा जलविद्युत विकास कम्पनीको ५ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ।
जनरल इन्स्योरेन्सको मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै माउन्टेन हाइड्रोको मूल्य ९. ६ प्रतिशतले बढेको छ।
हिमाल दोलखा हाइड्रोपावरको ९. ६, जोशी हाइड्रोको ९.४ र अपि पावरको ७. ३ प्रतिशतले मूल्य बढेको छ।
नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १. ८ प्रतिशतले घटेको छ।