ग्राहकहरुलाई सहज सेवा, सुविधा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकले देशका विभिन्न भागमा शाखाहरु सञ्चालन गर्दै आइरहेको छ।
यसै क्रममा बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखा सञ्चालनमा ल्याएको विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
नयाँ शाखा विस्तार संगै बैंकको १ सय ३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा ए.टि.एम मार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ।