ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० मा संचालनमा आएको छ।
नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ।
सबै क्षेत्रान बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा दिदैं आइरहेको बैंकले बतायो।
यो बैंकको शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय छन्।