माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालबीच सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। प्रि–स्कुल एजुकेटर्समा आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध हुनेछ।
उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष वद्री प्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गरे।
सम्झौता पश्चात एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम १ लाख देखि अधिकतम १५ लाख सम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ।
साना व्यवसायीहरुको मनोबल बढाएर स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितिका कारण विगत लामो समय देखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा ती व्यवसायलाई पुनर्जीवन प्रदान गर्न उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले देशभर आफ्ना १६० वटा शाखाहरु संचालन गरिरहेको छ।
त्यस्तै १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम संचालनमा रहेको बैंकले जनाएको छ।