सिटिजन्स बैंकका ग्राहकलाई किङ्स लाउन्जमा विशेष छुट दिइने भएको छ।
सिटिजन्स बैंक र दरबारमार्ग स्थित किङ्स लाउन्जबीच छुट दिनेसम्बन्धी सम्झौता भएको हो। यो छुट सिटिजन्स बैंकका कार्डवाहकहरूलाई मात्रै दिइनेछ।
सम्झौतापछि कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड दिन ‘इन्स्ट्यान्ट कार्ड’को व्यवस्था पनि गरिएकाे छ।
हाल यो बैंकको १६७ वटा शाखा, ११३ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ इकाइ छन्।