नेपाल पेमेन्ट सोलुसनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौँसँग सहकार्यको लागि सम्झौता गरेको छ।
नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.्ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्सले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार अब बैंक अफ काठमाडौँसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्। नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ।
नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो। जसले विशेषगरी बैंक तथा वित्तिय संस्थाहरु, पएसपिहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ।
नेपाल पेमेन्ट सोलुसनले अधिकाशं क, ख र ग वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको छ।