धितोपत्र बोर्डले ६ जिल्लामा ब्रोकर शाखा थप्न अनुमति दिएको छ। बोर्डले नवलपरासी, बेनी, तनहुँ, नुवाकोट, कैलाली र चितवनमा ब्रोकर शाखा थप्न अनुमति दिएको हो।
बोर्डले १० जिल्लामा भने ब्रोकर शाखा थप्नका लागि पुर्वाधार तयार गर्न ब्रोकरहरूलाई स्वीकृति दिएको छ।
नुवाकोटको बट्टारमा अनलाइन सेक्युरिटिज र विदुरमा नेपाल स्टक हाउसले ब्रोकर शाखा खोल्न स्वीकृति पाएका छन्। नेपाल स्टक हाउसले कैलालीको टिकापुरमा पनि शाखा खोल्न स्वीकृति पाएको हो।
भिजन सेक्युरिटिजले नवलपुरको कावासोती, म्याग्दीको बेनी र तनहुँको दमौलीमा शाखा खोल्न अनुमति पाएको हो। दिपशिखा धितोपत्र कारोबार कम्पनीले भने चितवनको टाँडीमा शाखा खोल्ने अनुमति पाएको छ।
त्यस्तै, चितवन, कैलालीको लम्की, रामेछापको मन्थली, महोतरीको बर्दिबास,मोरङको उर्लाबारी, पाल्पाको तानसेन, रुपन्देहीको भैरहवा, सिरहाको लाहान, दोलखाको चरिकोट, पाँचथरको फिदिम, इलाम, झापाको दमक, नवलपुरको भुमही, पर्वतको कुस्मा, दाङको तुलसीपुरमा शाखा विस्तार हुने भएको छ।
यी क्षेत्रमा शाखा खोल्नको लागि १० ब्रोकर कम्पनीले पूवार्धार तयार गर्न स्वीकृति पाएका हुन्। यसरी पुर्वाधार तयार गर्न स्वीकृति पाउनेमा अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट, दिपशिखा धितोपत्र कारोबार कम्पनी, मल्ल एण्ड मल्ल ब्रोकिङ, डाइनामिक मनि म्यानेजर्स, सेक्योर्ड, त्रिशुल, अक्सफोर्ड, दिव्या, जे. एफ सेक्युरेटिज छन्। कम्पनीहरूको पुर्वाधर निरक्षणपछी शाखा सञ्चालनको अनुमति पाउने व्यवस्था छ।