नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ र बिक्रीदर १२७ रुपैयाँ ६० पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ १० पैसा र बिक्रीमा १२७ रुपैयाँ ७० पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८७ रुपैयाँ तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६० पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ३४ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४११ रुपैयाँ ९५ पैसा र बिक्रीमा ४१३ रुपैयाँ ९० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ४८ पैसा तोकिएको छ।